अमेरिकाले आफ्नो झण्डा बिगारेर तस्बिर हालेको भन्दै इरानको फिफालाई पत्र

काठमाडौँ - संयुक्त राज्य अमेरिकाको फुटबल टोलीले सामाजिक सञ्जालको पोस्टमा इस्लामिक गणतन्त्रको प्रतीक झण्डाबाट हटाएपछि इरानको फुटबल महासंघले फिफामा उजुरी गरेको छ। मंगलबारको विश्वकप खेलअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरिएका ग्राफिक्समा ‘अल्लाह’को चिन्ह हटाएको थियो।

यता इरानमा व्यापक सरकार विरोधी प्रदर्शनको बीचमा ‘आधारभूत मानव अधिकारका लागि लडिरहेका इरानका महिलाहरूलाई समर्थन’ गर्न इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको अमेरिकाले बताएको छ।

‘अमेरिकी फुटबल महासंघको इन्स्टाग्राम पेजले अव्यवसायिक रूपमा इरानको झण्डाबाट अल्लाहको चिन्ह हटायो,‘ इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इरान फुटबल महासंघले फिफालाई अमेरिकी महासंघलाई गम्भीर चेतावनी दिन माग गर्दै इमेल पठाएको छ।’

अमेरिकी फुटबल संघका एक प्रवक्ताले पछि ती पोस्टहरू हटाइएको र इरानको सही झन्डा प्रयोग गरी प्रतिस्थापन गरिएको जानकारी दिएका थिए। तर उनले थपे, ‘हामी अझै पनि इरानका महिलाहरूलाई समर्थन गर्छौँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×