क्रिकेट खेल जीवन्त राख्न युक्रेनलाई आईसीसीको सदस्यता आवश्यक

काठमाडौँ - युक्रेन क्रिकेट बोर्डका प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सदस्यता प्राप्त नगरे युक्रेनमा क्रिकेट खेलको अस्तित्व समाप्त हुने दाबी गरेका छन्।

बोर्डका प्रमुख कार्यकारी काबुस ओलिभियरले आईसीसीको मान्यता प्राप्त गर्न युक्रेनले सबै मापदण्ड पूरा गरेको बताउँदै यदि युक्रेनलाई सदस्यता प्रदान नगरिए देशमा क्रिकेटको अस्तित्व समाप्त हुने बताएका हुन्। 

रोयटर्सका अनुसार आईसीसीको यसै महिना बस्ने बैठकले युक्रेनलाई एसोसियट सदस्यता प्रदान गर्ने तथा उसलाई टी-२० अन्तर्राष्ट्रियको मान्यता प्रदान गर्ने अपेक्षा छ। साथै अन्य ९६ सदस्य राष्ट्रलाई प्रदान गरेको रकम समेत युक्रेनलाई प्रदान गरिने अपेक्षा गरिएको छ। 

युक्रेन क्रिकेट बोर्डले जनाए अनुसार युक्रेनमा विगत २ दशकदेखि क्रिकेट खेल आयोजना हुने गरेको तथा युक्रेनमा करिब १५ हजार खेलाडी रहेका छन्। त्यसमध्ये सिनियर लेभलमा अधिकांश भारतीयमूलका खेलाडी रहेका छन्।

ओलिभियरले रुसले युक्रेनमाथि गत फेब्रुअरीमा आक्रमण गर्नुअघि बोर्डले सदस्यता प्राप्त गर्ने सम्पूर्ण मापदण्ड पुरा गरेको दावी गरेका छन्। युक्रेनले आईसीसीको एसोसियट सदस्यता पाउनेमा आफू विश्वस्त रहेको ओलिभियरले बताए। बोर्डका अध्यक्ष हर्दिप सिंहले राष्ट्रिय टिमका खेलाडीहरूलाई भारतमा अभ्यासको लागि व्यवस्था मिलाएका छन्।

दक्षिण अफ्रिकी नागरिक ओलिभियर अहिले किभ छाडेर जागरेव पुगेका छन्। र उनले त्यहाँ सर्विया, स्लोभेनिया, हंगेरी र चेक रिपब्लिकको सहभागितामा युक्रेनियन फ्रिडम कप आयोजना गर्ने तयारी गरिरहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×