सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं - झापाको गौरादह नगरपालिका–२ कार्की चोकमा गौनपाई ५३ नम्बरको सिटि सफारीलाई ना अपसा २५३ नम्बर लेखिएको पिकअप गाडीले बुधबार दिउँसो ठक्कर दिँदा सिटि चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटिमा सवार २ जनालाई म्याडीम्याक्स अस्पतालमा र गाडी चालकलाई दमक अस्पतालमा उपचारको लागि पठाइएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका–८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×