अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ - बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन्।

दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले  मुद्दा दर्ता भएको पुष्टि गरेका छन्।

माफी माग्ने सवालमा पटक-पटक पहल गर्दा पनि अभिनेत्रीले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा लेखेका छन्। फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन्। यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए।

फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो। सहमति भएको १ सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिएका थिए।

त्यसपछि परिस्थिति शान्त हुनेभन्दा थप जटिल बन्दै गएको थियो। यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×