रवि लामिछाने–बालेन शाह बीच फेरि निर्णायक भेटवार्ता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच फेरि भेटवार्ता हुने भएको छ। बिहीबार ललितपुरमा मेयर शाह निकट कुमार बेनको घरमा प्रारम्भिक छलफल भएको थियो।

रास्वपाका नेता राजीव खत्रीका अनुसार, आज साँझसम्म उनीहरूबीच अर्को भेटवार्ता हुने तय भएको छ। प्रारम्भिक छलफलपछि लामिछानेले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

यो भेटवार्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउन सकून् भन्ने प्रयासको भागको रूपमा भएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×