अजय देवगनले सुरु गरे 'दृश्यम २'को शूटिंग

काठमाडौँ। बलिउड अभिनेता अजय देवगनले आफ्नो आउँदो चलचित्र 'दृश्यम २'को शूटिंग सुरू गरेका छन्। यो कुराको जानकारी अजय देवगनले स्वयम् सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले सञ्जालमा चलचित्रको शूटिंग सेटबाट आफ्नो एक तस्विर समेत शेयर गरेका छन्। जसको क्याप्सनमा उनले लेखेका छन्, "के एकपटक फेरी विजयले आफ्नो परिवारलाई बचाउन सक्छ? 'दृश्यम २' की शूटिंग सुरू भएको छ।"

तस्विरमा अजयसँग चलचित्रकी मुख्य अभिनेत्री श्रिया सरनलाई पनि देख्न सकिन्छ। अजयले तस्विरमा अभिनेत्री तबुलाई पनि ट्याग गरेका छन्। जसले तबु पनि 'दृश्यम-२'को सदस्य रहेको कुरा खुलाउँछ। चलचित्रलाई अभिषेक पाठकले निर्देशन गरिरहेका छन्। सन् २०१३मा मलयालम चलचित्र 'दृश्यम' रिलीज भएको थियो, जसमा दक्षिण भारतीय अभिनेता मोहनलाल देखिएका थिए। सो चलचित्रलाई हिन्दीमा सन् २०१५मा सोहि शिर्षकका साथ ल्याइएको थियो। जसमा अजय, श्रिया र तबु मुख्य भूमिकामा देखिएका थिए। खबरका अनुसार यो चलचित्र मलयालम चलचित्र 'दृश्यम २' को आधिकारिक रिमेक हो।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×