‘आरआरआर’ को सिक्वेल बन्ने

काठमाडौँ - निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका छन्। फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन्।

नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो। साथै, यसले जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको कीर्तिमान पनि रचेको छ।

‘बाहुबली’का समेत निर्देशक राजामौलीको ‘आरआरआर’ले २ तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लुरी सीताराम राजु (रामचरण) र कोमाराम भीम (जुनियर एनटीआर)को जीवनमा आधारित काल्पनिक कथा प्रस्तुत गर्छ। फिल्मले विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको छ।

इण्डिया टुडेको विवरणअनुसार राजामौलीले हालै अमेरिकाको सिकागोमा आयोजित कार्यक्रममा भनेका छन्, ‘मेरो बुबा मेरा सबै फिल्मका कथाका लेखक हुनुहुन्छ। हामीले आरआरआर २ को बारेमा केही छलफल गरेका छौँ र उहाँ कथामा काम गर्दै हुनुहुन्छ।’

‘आरआरआर’ले औपचारिक रुपमा भारतबाट यस वर्ष ओस्कार अवार्डमा सहभागिता नजनाए पनि निर्माताले अमेरिकी वितरकको तर्फबाट उत्कृष्ट फिल्मसहित ओस्कारका अन्य विधामा आवेदन दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×