काठमाडौँ - सेनेगलका फरवार्ड साडियो मानेले विश्वकप फुटबल २०२२ गुमाउन सक्ने भएका छन्।
मंगलबार राति जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६-१ को फराकिलो जित निकाल्दा माने घाइते थिए। खेलको २०औँ मिनेटमा घाइते हुँदै माने मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा लिरो साने मैदानमा प्रवेश गरेका थिए।
उनको घुँडामा चोट लागेको छ। तर अहिले नै मेडिकल रिपोर्ट आइसकेको छैन।
कतार विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगलले मंसिर ५ गते नेदरल्यान्ड्ससँग राति ९ः४५ बजे खेल्नेछ। त्यस्तै, मंसिर ९ गते आयोजक कतारसँग साँझ ६ः४५ बजे खेल्ने सेनेगलले समूह चरणको अन्तिम खेल मंसिर १३ गते इक्वेडरसँग खेल्नेछ।