हरिवनमा निर्माणाधीन भवन चर्किएपछि हरिबिजोग

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–११ मा निर्माणाधीन भवन चर्किएको छ।

नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो। नगर विकास कोषको रु. १६ करोड ८६ लाखमा उक्त भवन बन्न लागेको हो। आर्थिक वर्ष २०७५/७६ देखि उक्त भवन निर्माण थालिएको हो। आव २०७७/७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता थियो। ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी राजकुमार उप्रेतीले बताए।

बिकोइ–धुलिखेन निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको हो। नगरपालिकाले भवन निर्माणको निरन्तर अनुमगन गरिरहेको  हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×