काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले वल्भ्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा टोटेनहमले वल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो।
टोटेनहमको यो जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ६४औँ मिनेटमा इभान पेरिसिकको असिस्टमा गोल गर्दै टोटेनहमलाई जित दिलाएका थिए।
जारी यस सिजनमा टोटेनहमको तेस्रो खेलमा यो दोस्रो जित हो। यस अघि सिजनको पहिलो खेलमा टोटेनहमले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा चेल्सीसँग २-२ गोलको बराबरी खेलेको थियो।
यो जितपछि टोटेनहमको ३ खेलमा ७ अंक जोडेको छ। त्यस्तै वल्भ्सले भने अहिलेसम्म खेलेका ३ खेलमा दोस्रो हार व्यहोरेको छ। वल्भ्सको ३ खेलमा १ अंक जोडेको छ।