गायक कमल खत्रीको युट्युब च्यानल ह्याक

काठमाडौँ - पछिल्लो समय सेलिब्रिटीदेखि मिडिया हाउससम्मका युट्युब च्यानल ह्याकरको निशानामा परिरहेका छन्। यही क्रममा बिहीबार गायक कमल खत्रीको युट्युब च्यानल पनि ह्याक भएको छ।

उक्त च्यानलमा रहेको एउटा गीतबाहेक अन्य सबै कन्टेन्ट गायब भएका छन्। ह्याकरले उक्त च्यानललाई कब्जामा लिंदै ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र इथिरियमको लाइभ गरिरहेको छ।

उक्त च्यानलमा एलन मस्क र ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सीको तस्वीर राखेर लाइभ भइरहेको छ।

अहिले उक्त युट्युब च्यानलमा पल शाह अभिनित ‘फिक्का फिक्का छिन छिनमै’ भन्ने गीतको भिडियो मात्र छ। गायक खत्रीले ह्याकरको कब्जाबाट च्यानललाई फिर्ता ल्याउन पहल भइरहेको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×