काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ।
तर, संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि एमसीसी समेटिएको छैन।
सत्ता गठबन्धनकै नेताहरूबीच कुरा नमिल्दा टेबल हुन सकिरहेको छैन।
एमसीसीका विषयमा सहमति जुटाउन आज १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ।
दिउँसो १ बजेको संसद बैठक बस्नुअघि एमसीसीबारे गठबन्धनका दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक बस्न लागेको हो।