सलमान खान निशुल्क दक्षिण भारतीय चलचित्रमा काम गर्दै

काठमाडौँ। बलिउड अभिनेता सलमान खान दक्षिण भारतीय चलचित्र ‘गडफादरमा’ काम देखिने भएका छन्। तेलुगु सुपरस्टार चिरञ्जीवीको उक्त चलचित्रमा उनी विशेष भूमिकामा देखिदैछन्। 

सलमान र चिरञ्जीवीकाे घनिष्ट मित्रताका कारण सलमान उनीसँग काम गर्न तयार भएका हुन्। खबरका अनुसार सलमानले आफ्नो भागको छायांकन सुरु गरिसकेका छन्। जसको लागी उनले कुनै पनि पारिश्रमिक लिएका छैनन्।  

२० मिनेटको भूमिकाका लागि सलमानलाई २० करोड रुपैयाँ प्रस्ताव गरिएता पनि उनले उक्त रकम लिएनन्। एक स्रोतले भने, ‘द गडफादरमा विशेष क्यामियोका लागि चिरञ्जीवीका निर्माताहरूले सलमानलाई १५ देखि २० करोड रुपैयाँ तोकेका थिए। तर सलमानले यसलाई लिन मानेनन्।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×