मास्क नलगाउने सर्वसाधारणबाट प्रहरीले कारबाहीस्वरूप उठायाे ४४ लाख ८३ हजार रूपैयाँ

काठमाडाैं । नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा मास्क नलगाइ सडकमा हिड्ने सर्वसाधारणबाट ४४ लाख ८३ हजार ३ सय रुपैयाँ संकलन गरेको छ ।

सर्वसाधारणले स्वास्थ्य मापदण्ड उल्लंघन गरेवापत कारबाहीस्वरूप उक्त रकम संकलन गरेकाे हाे ।

नेपाल प्रहरीले कोरोना महामारीका कारण मास्क नलगाएका व्यक्तिबाट कारबाही स्वरुप उठाईने गरेको रकममा आर्थिक वर्ष ०७८/०७९ को पहिलो पाचँ महिना ८१ प्रतिशतले कमी आएको बताइएकाे छ । याे पाँच महिनामा ८ लाख १६ हजार ५ सय रुपैयाँ मात्र संकलन भएको प्रहरीले जानकारी गराएको छ ।

अहिले भने मास्क नलगाएवापत कारबाही स्वरुप रकम लिने व्यवस्था नरहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×