काठमाडौँ। नेपाली चलचित्र ‘बिच्छेद’ को छायांकन करीब दुई बर्षपछि सम्पन्न भएको छ। चलचित्रको छायांकन २०७६ चैत ५ गतेबाट सुरु गरिएको थियो। कोरोना महामारीका कारण रोकिएको चलचित्रको छायांकन शनिवार रामेछापको एक गाउँमा लिइएको अन्तिम सिनसँगै सकिएको हो। सत्यराज चौलागाइँको निर्देशन रहेको चलचित्रका निर्माता राज पण्डित,सुबास राई र साबि बज्राचार्य रहेका छन्। चलचित्रमा मुकुन भुषाल, लक्ष्मी बर्देवा,सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको प्रदर्शन मिती भने घोषणा गरिएको छैन।