स्वयम्भू खिपेको लुगा लगाएपछि उपासनाको विरोध

काठमाडौँ - महामारीले रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ले किस्ताबन्दीमा सुटिङ गरिरहेको छ। दसैँअघि युरोप पुगेर उपासनाको एउटा गीत खिचेर फर्किएको फिल्मले आइतबारदेखि आर्यन सिग्देललाई समेत राखेर ड्युट गीत खिचिरहेको छ।

यो फिल्ममा आर्यन र उपासनाको जोडी छ। तर खिच्दा खिच्दै टिकटकमा सार्वजनिक भइसकेको गीतले उपासनालाई भने तनाव दिएको छ। उपासनाले यो गीतमा एउटा यस्तो लहंगा लगाएर नाचेकी थिइन् जहाँ स्वयम्भू र बौद्ध स्तुपा खिपिएको थियो।

सोसल मिडियामा यो फोटो सार्वजनिक भएसँगै बौद्ध समुदायले उनको यो गीतमा आपत्ति जनाएको हो। उपासनाको लुगाले बौद्ध सम्प्रदायको आस्थामा आँच पुगेको भन्दै यो समुदाय विरोधमा उत्रिएको हो।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीत निर्माण टिमले केही समय भित्र नै सार्वजनिक गर्ने जनाएको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ।

पुस १५ बाट सार्वजनिक हुने तयारीमा रहेको फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ। फिल्मलाई प्रविन झाले निर्देशन गरेका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×