काठमाडौँ। अभिनेता सलोन बस्नेतले चलचित्र ‘हनी बनी’मा देखिने भएका छन्। निर्देशक शोभित बस्नेतका छोरा प्राय अर्का अभिनेता अनमोल के.सी भएको चलचित्रहरुमा देखिने गरेका छन्। अनमोल र सलोनले चलचित्र ‘होस्टेल’बाट एकसाथ डेब्यु गरेका थिए। त्यसपछी यो जोडीले लचित्र ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’ आदि चलचित्रमा सँगै काम गरिसकेको छ।
दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा अनमोल केही दिनअघि जोडिएका थिए भने निर्माणपक्षले अब सलोनलाई जोडेको छ। चलचित्रका लागि अभिनेत्रीको भने खोजी भइरहेको जनाईएको छ।