धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई

काठमाडौँ - गत वर्षको धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ। 

धवल पुस्तकालय सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो। धवल पुरस्कार सिफारिस समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार न्यौपाने र धवल सिर्जना पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो। धवल पुस्तकालय, पाल्पाद्वारा स्थापित सो पुरस्कारको राशि जनही रु. २५ हजार रहेको छ। पूर्वखोला ३, रिङनेरहका साहित्यकार न्यौपाने भाषा, साहित्य र  संस्कृतिका क्षेत्रमा साधनारत तथा अठार महापुराणका वाचकसमेत रहेका छन्। यस्तै, तानसेन ३ का श्रेष्ठ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक हुन्। 

पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदान गरिने पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताए। पुस्तकालयले अब प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ। विसं १९८३ मा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×