पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

गोरखा । पर्यटन प्रवर्द्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको सम्वद्ध सबैले बताएका छन् । गोरखामा आयोजित साहित्यको लागि पर्यटन काव्य यात्रा एवम सांस्कृतिक कार्यक्रमका अधिकांश वक्ताहरुले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक कविको सृजना महत्वपूर्ण हुने बताएका हुन् ।

अन्तराष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरुलाई गोरखामा स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजनाका लागि आग्रह गरे । उनले लेखक कविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टकी अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउँ पुग्नुपर्ने र त्यहाँको जनजीवन, भौतिक अवस्थितिबारे लेख्नुपर्ने बताउनुभयो । उहाँले विश्वमाझ नेपाल वैभवशाली रहेको र यहाँको प्राकृतिक सांस्कृतिक वैभवबारे लेख्न आवश्यक रहेको बताए।

प्राध्यापक लिला लुइटेलले आफूले नियात्रा र स्थानविशेषमाथि लेखिएका सृजनाहरु पढेर विभिन्न ठाउँप्रति उत्सुक भएको र भ्रमण गरेको संस्मरण सुनाए ।

अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा कार्यक्रममा सभापति संध्या पहाडीले यस किसिमका कार्यक्रमले सर्जक र स्रष्टालाई थप उर्जावान र सृजनशील बनाउने विश्वास व्यक्त गरे । उनले  मुलुकभित्र र बाहिर साहित्यलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए ।

गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले साहित्य र समाजको सम्वन्ध प्रगाढ रहने बताउँदै सर्जकहरुलाई समतामुलक समाज निर्माणमा अग्रसर बनाउन नगरपालिका सदैव क्रियाशील रहने दावी गरिन् ।

कवि तथा पत्रकार मणि लोहनीले मुलुकभर ६६ वटा नगरपालिका रहेको र त्यसमध्ये गोरखा नगरपालिका विशिष्ट र भिन्न रहेको बताए । राष्ट्र निर्माताको नगरपालिकाले फराकिलो दृष्टिकोणसहित अघि बढ्नु पर्ने उनको भनाई थियो ।

साहित्यका लागि पर्यटन काव्य यात्रा गोरखाकी कार्यक्रम संयोजक शान्ता बस्नेतले स्रष्टाहरुलाई गोरखामा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरिन् । मधुपर्कका सम्पादक जयदेव भट्टराईले यस किसिमका कार्यक्रमबाट साहित्यमा विविधता र थप सृजनशीलता बढ्ने बताइन् ।

कार्यक्रममा कविहरु  नारायण पोखरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, यदु अधिकारी, सुरेन्द्र देवकोटा, गीता कार्की, कल्पना एलिशा ढुंगाना, प्रदीप रोदन, गीता मैनाली, शुष्मा आचार्य अंशु, कल्पना खरेल लगायतले कविता वाचन गरेका थिए । त्यस अवसरमा देवु बराल र लक्ष्मी तिवारीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×