एक थान भरूवा बन्दुक बरामद
लमजुङ - दुधपोखरी गाउँपालिका–२ भाले खोलास्थित बाटो छेउबाट भरूवा बन्दुक १ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।