फिल्ममा कन्टेन्टले मात्रै अर्थ राख्छः रणवीर कपुर

काठमाडौँ - रणवीर कपुर र आलिया भट्ट स्टारर बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबार रिलिज हुँदैछ। फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता बढेको छ भने अग्रिम टिकट बिक्री आक्रामक छ।

तर बलिउडमा पछिल्लो समय चलिरहेको बहिष्कारको ट्रेन्डले ‘ब्रह्मास्त्र’लाई पनि छोडेको छैन। यसैबीच, ‘ब्रह्मास्त्र’ अभिनेता रणवीरले आफ्नो फिल्मलाई लिएर भइरहेको नकारात्मकता र बहिष्कारको ट्रेन्डका विषयमा मुख खोलेका छन्। दिल्लीका मिडियासँग कुरा गर्दै उनले फिल्म सफल वा असफल हुनुमा ‘कन्टेन्ट’को मात्रै भूमिका हुने बताएका छन्।

उनले भनेका छन्, ‘म आफ्नै उदाहरण दिन्छु। केही हप्ता पहिले मेरो फिल्म शमशेरा रिलिज भएको थियो। त्यसबेला कुनै प्रकारको नकारात्मकता महसुस भएको थिएन, तर पनि बक्स अफिसमा फिल्म चलेन। किनभने दर्शकले फिल्मलाई मन पराएनन्। अन्त्यमा, कन्टेटन्टले मात्रै अर्थ राख्छ। राम्रो फिल्म दिनुस्, राम्रो कन्टेन्ट दिनुस् त दर्शकले इन्टरटेन गर्छन्।’

आयन मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’ सन् २०२२ कै सबभन्दा बढी लगानीको फिल्म बनेको छ। अब फिल्मलाई दर्शकले कति रुचाउँछन् रिलिजपछि नै थाहा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×