क्यानडामा भ्याक्सिन विरोधी आन्दोलनकारीहारु धमाधम पक्राउ हुँदै

एजेन्सी- क्यानडाको राजधानी ओटावामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले विगत तीन सातादेखि भइरहेको भ्याक्सिन विरोधी आन्दोलनलाई अन्त्य गर्ने प्रयास गरिरहेको छ । हालसम्म एक सय आन्दोलनकारी पक्राउ परिसकेका छन्। 

आन्दोलन अन्त्य गर्न सरकारले यहाँ संकटकाल लगाएको छ । प्रहरीले आन्दोलनकारीलाई फिर्ता पठाउने प्रयास गरिरहेको छ। शुक्रबार बिहान प्रहरीले अभियान सुरु गर्दा केही प्रदर्शनकारीले विरोध गरेका थिए। सहरमा अझै पनि प्रदर्शनकारीहरूले सरकारको आदेश पालना गर्न अस्वीकार गरिरहेका छन्।

आन्दोलन अन्त्यका लागि प्रहरीले २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। आन्दोलनकारीहरु कोही पनि घाइते भने भएका छैनन्। पक्राउ परेकाहरूमाथि कैयौं प्रकारका मुद्दा दर्ता भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×