३० देशका क्रिकेटर सहभागी टी-२० प्रतियोगितामा नेपालका कप्तान र उपकप्तान पनि

काठमाडौँ - अहिले दुबईमा विश्वभरका महिला क्रिकेटरको जमघट छ। बुधबारदेखि सुरू भएको फेयर ब्रेक इन्भिटेसनल २०२२ मा महिला क्रिकेटरका चर्चित खेलाडीदेखि भर्खर महिला क्रिकेटमा प्रवेश गरेका देशका खेलाडी सहभागी छन्।

६ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा ३० देशका खेलाडी सहभागी भएका छन्। अस्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डजस्ता टेस्ट टिमका खेलाडीसहित भुटान, ब्राजिल र भानुआटुका खेलाडी सहभागी छन्। टेस्ट राष्ट्रका ४० जना र एसोसिएट देशका ५० को हाराहारीमा खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। १५ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल  हुनेछन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ।
प्रतियोगितामा बार्मी आर्मी, फाल्कन्स, सप्फिरेस, स्पिरिट, टोर्नाडज र वारियर्स गरी ६ टिम सहभागी छन्। ६ टिमलाई कर्पोरेट हाउसले प्रायोजन  गरेका छन्।

प्रतियोगितामा नेपालका पनि दुई खेलाडी सहभागी छन्। नेपाली राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्री र उपकप्तान सीता रानामगरले प्रतियोगितामा आफ्नो प्रतिभा देखाउँनेछन्।

रूबिना बार्मी र सीता टोर्नाडजमा आबद्ध छन्। दुवैको टिमले बिहीबार आफ्नो पहिलो खेल खेल्दैछ। दुवै जनालाई केही महिनाअघि फेयरब्रेकले सम्झौता गरेको थियो। उनीहरूको पारिश्रमिक ५ हजार हङकङ डलर तथा प्रतिदिन ३ सय हङकङ डलर भत्ता हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×