सरोज खनालको निर्देशनमा चलचित्र बन्दै

काठमाडौँ।  नेपाली चलचित्रका अभिनेता सरोज खनाल यतिबेला चलचित्र निर्देशनमा व्यस्त छन्। उनी चलचित्र ‘बगान’को निर्देशन गरिरहेका छन्। हाल चलचित्रको छायांकन भइरहेको छ।
 
चलचित्रमा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्की आदि कलाकारहरुको अभिनय रहनेछ। सुरेश वाग्लेसँग सहकार्य गरेर सरोजले चलचित्र निर्माण गरिरहेको हुन्। यसअघि सरोजले म्युजिक भिडियो र लघुचलचित्र बनाईसकेका छन्। यो उनको पहिलो चलचित्र निर्देशन हो।

सामाजिक विषयवस्तु रहेको चलचित्रमा गौरीशंकर धुजूको छायांकन, हरि लम्साल र सुवास भुसालको संगीत रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×