काठमाडौं - नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएको छ। शुक्रबार गर्भनर महाप्रशाद अधिकारीले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सावर्जनिक गर्दै हायर पर्चेज अर्थात सवारी साधनमा कर्जामा यसअघि कायम रहेको जोखिम भार घटाएका हन ।
सो अनुसार अबदेखि हायर पर्चेज कर्जामा एक सय प्रतिशत मात्र जोखिम भार कायम रहने छ । यसअघि भने हायर पर्चेज कर्जाको लागि एक सय २५ प्रतिशत जोखिम भार कायम रहने व्यवस्था रहेको थियो । यो व्यवस्था पनि हायर पर्चेज कर्जा बढ्ने बैकिङ प्रणालीमा हाल कायम रहेको अधिक तरलताको समस्या समाधान हुने बिश्वास राष्ट्र बैंकले लिएको छ ।