टी-२० विश्वकपः सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

काठमाडौँ - अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज समूह 'बी'का खेलहरू हुँदैछन्। क्वालिफायर चरणको आज अन्तिम खेल हुँदैछ।

सुपर १२ मा स्थान बनाउन आज पहिलो खेलमा आयरल्याण्ड र वेष्ट इण्डिज भिड्दै छन्। खेल बिहान ९:४५ बाटबाट सुरु हुनेछ। यस्तै दोस्रो खेल दिउँसो १:४५ बाट जिम्बावे-स्कटल्याण्डबीच हुनेछ।

समूह 'बी'मा हालसम्म ४ वटै टोलीले २ खेल खेल्दा १ जित र १ हार व्यहोरेका छन्। रनरेटका आधारमा स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ। यस्तै जिम्बावे दोस्रो, वेष्ट इण्डिज तेस्रो र आयरल्याण्ड चौथो स्थानमा रहेका छन्।

आज यो समूहबाट १ टोली सुपर १२ मा पुग्नेछ। समूह 'ए'बाट श्रीलङ्का सुपर १२ मा पुगिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×