केकेको अन्तिम गीत 'धुप पानी बहने दे' रिलिज

काठमाडौँ - भारतीय गायक केके (कृष्ण कुमार कन्नथ) को अन्तिम गीत रिलिज भएको छ। ३१ मे मा कोलकतामा निधन भएका केकेको ‘धुप पानी बहने दे’ बोलको गीत रिलिज भएको हो।

फिल्म शेरदिल :द पीलीभीत सागाका लागि केकेले गीतमा आवाज दिएका थिए। यो गीत रिलिज भएसँगै फ्यानहरुले केकेलाई श्रद्धान्जली दिइरहेका छन्।

यस फिल्ममा पंकज त्रिपाठी, सयानी गुप्ता लगायत कलाकारको भूमिका रहेको छ। केकेले गाएको अन्तिम गीत पर्यावरण र जंगलको जगेर्णाबारे रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×