‘अवतार २’को पोष्टर सार्वजनिक

काठमाडौँ। सफल हलिउड चलचित्र ‘अवतार’को दोस्रो सिक्वल ‘अवतार–२'को पोष्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै चलचित्रका निर्देशक जेम्स क्यामरुनले चलचित्रका सबै दृश्य पानीमुनि खिचिएको पनि बताएका छन्। सामाजिक सञ्जालमार्फत जेम्सले पोस्टर सार्वजनिक गरेक हुन्। निकै लामो समयको पर्खाइपछी अवतार’को सिक्वेल आउन लागेको हो। सन् २०१२ पछि ‘अवतार’को सिक्वेलको तयारी सुरु गरिएता पनि चलचित्र निर्माणमा निकै समय लागेको छ। एक बिलियन डलरको खर्चमा बन्न लागेको चलचित्रको ५ सिक्वलसम्म आउने अड्कल गरिएको छ। ‘अवतार २'को पूर्ण रूपमा र 'अवतार ३’को छायांकन आंशिक रूपमा सकिइसकेको छ। ‘अवतार २’ डिसेम्बर २०२२ मा, 'अवतार ३’  डिसेम्बर २०, २०२४, ‘अवतार ४’ डिसेम्बर २०२६ र ‘अवतार ५’ डिसेम्बर २०२८सम्म आउन सक्ने अड्कल गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×