सिनेमाघर ५० प्रतिशत अकुपेन्सीमा मात्र चल्न पाउने

काठमाडौँ l कोरोना भाइरसको नयाँ भेरीएन्टले नेपाली सिने जगतलाई पनि प्रत्यक्ष असर गर्ने भएको छ l लामो समय कोरोनाका कारण बन्द भएका सिनेमाघरहरू भर्खरै मात्र चलायमान अवस्थामा पुगेको थियो l हालै काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै नयाँ नियमहरू लागु गरेको छ l मंगलबार मध्यरातदेखि लागू हुने गरी कोरोनासम्बन्धि नयाँ आदेशहरू जारी गरिएको छ l 

माघ ७ गतेदेखि सिनेमाघर, रेस्टुरेन्ट, रंगशाला, हवाई यात्रा, पार्क, कार्यालय र होटेलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ l त्यसैगरी सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नहुने र  सिनेमा हलमा ५० प्रतिशत दर्शक क्षमतामा मात्र चलचित्र प्रदर्शन गर्न पाइने भएको छ। अनुगमनका क्रममा कुनै दर्शक खोप कार्ड बिना प्रवेश गरेको पाइए सिनेमाघर सञ्चालकलाई कोभिड कानुनअनुसार कारबाही गर्ने काठमाडौँकी सहायक सिडिओ सुप्रभा खनाल ढुंगेलले जनाएकी छिन् l 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×