काठमाडौं । आइसीसी टी–२० विश्वकप अघिका वार्म अप खेल आज (सोमबार) देखि शुरु हुँदैछन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दैछ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि शुरु हुँदैछ ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।