एमाले स्थायी कमिटी बैठक अपरान्ह ३ बजे बस्दै, यी हुन् छलफलका विषयहरू

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक अपरान्ह ३ बजे तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्नेछ ।

यस्तै महाधिवेशन प्रतिनिधि मध्ये पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था माथि पनि छलफल हुनेछ ।

अहिले स्थायी कमिटीमा छलफल गरेर ९ गते सौराहामा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×