आइसिसी टि-२० विश्वकपः युएईमाथि वेस्टइन्डिजको जित

काठमाडौँ - आइसिसी टि-२० विश्वकप वार्मअप खेलमा वेस्टइन्डिजले युएईमाथि १७ रनको कठिन जित हात पारेको छ। जितको लागि १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

युएईका मोहम्मद वासिमले ५२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन बनाएका थिए। जवाद फरिद १४ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर चिराग सुरी ९, सिपी रिजवान १ र वृत्य अरविन्द ९ रनमा आउट भएका थिए। वेस्टइन्डिजका रायमन रिफरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। ओबेद म्याककोय र ओडेन स्मिथले १/१ विकेट लिएका थिए।

मेलबर्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। वेस्टइन्डिजका ब्रेन्डन किंगले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए।

निकोलस पुरन ३१ बलमा ५ छक्कासहित ४६ रनमा आउट भएका थिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। युएईका जुनैद सिद्दिकले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिएका थिए। जहुर खानले २, कासिफ दाउद र जवार फरिदले १/१ विकेट लिएका थिए।

वेस्टइन्डिजले दोस्रो वार्मअप खेलमा बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। बिहीबार युएईले वार्मअप खेलमा स्कटल्यान्डसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×