सर्वोच्चले सोध्यो: ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नगर्नुको कारणबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवास प्रकरणमा सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×