प्रधानमन्त्रीको पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा जुटेका हुन् । यद्यपी सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी रहेको जानकारी छ । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ । असार २० गते उनी प्रधानमन्त्री नयुक्त भएका थिए । उनले संसदमा विश्वासको मत लिएपछि सम्बोधन त गरेका थिए तर राष्ट्रका नाममा भने अझ सम्म सम्बोधन गरेका छैनन् । 

प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले सम्बोधनमार्फत सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक हुनेछ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×