विजय लघुवित्तको एफपीओ सोमबारदेखि खुला

विजय लघुवित्त वित्तीय संस्थाले ४ लाख ६६ हजार ८१७ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबारदेखि खुला गरेको छ। कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउने उद्देश्यले एफपीओ निष्कासन गरेको हो।

अंकित मूल्य १०० रुपैयाँका दरले जारी गरिएको एफपीओमा सर्वसाधारणले बिहीबारसम्म अनलाइन मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। एफपीओपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ पुग्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×