करन सिंह ऐरी [कविता]

ब्ल्याक एण्ड ह्वाइट 

मेरा मोबाईलमा कैद गरिएका 
रंगिन तस्बिरहरू हेरिरहेछु 

सबैमा आँखा प्रष्ट देखिन्छन्। 

म एक-एक गरि 
सबै रङ्गीन तस्बिरहरुलाई 
रुपान्तरण गर्न थाले 
ब्ल्याक एण्ड ह्वाइट मा 
तर 
आँखाको रङ्गमा कुनै परिवर्तन आएन 
आश्चर्य 
यती धेरै रङ्ग छुट्टाउने 
मेरा आँखा 
आफू चै 
ब्ल्याक एण्ड ह्वाइट रहेछन् !

सायद 
जिन्दगी जस्तै 
ब्ल्याक एण्ड ह्वाइट ।। 

करन सिंह ऐरी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×