मार्सेलो सोमबार रियाल म्याड्रिडबाट बिदा हुँदै

काठमाडौँ - भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलो सोमबार रियाल म्याड्रिडबाट औपचारिक रुपमा बिदा हुँदैछन्। रियालले कप्तान मार्सेलोलाई बिदाई गर्न आज भव्य कार्यक्रम आयोजना गरेको छ। मार्सेलो र रियालको सम्झौता यहि जुन महिना सम्मको छ। 

१५ वर्ष रियालमा बिताएका ३४ वर्षिय मार्सेलोले २५ उपाधि उचालेका छन्। सन् २००७ मा रियालसँग जोडिएका मार्सेलोले १६ सिजन सिनियर टिमबाट खेलेका छन्। रियालबाट मार्सेलोले ५ च्याम्पियन्स लिग,६ स्पेनिस ला लिगा, २ कोपा डेल रे, २ युईएफए सुपर कपसहित २५ उपाधि उचालेका छन्। मार्सेलोले रियालका लागि कुल ५४५ खेलमा ३८ गोल र १०३ असिस्ट प्रदान गरेका छन्।

रियलले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै मार्सेलोलाई औपचारिक बिदाइ गर्ने जनाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×