धनगढी - सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी वन अनुगमनमा निस्किएका छन्।
वन फडानी हुने गरेको गुनासो तथा समाचार प्रकाशनपछि वन मन्त्री धामी बिहीबार स्थलगत अनुगमनमा निस्किएका हुन्।
उनी कैलालीको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ स्थित रातोपानी सामुदायिक वन पुगेका हुन्। अनुगमनमा मन्त्रालयका सचिव वेदकुमार ढकाललगायतको पनि सहभागिता रहेको थियो। सामुदायिक वनमा वन फडानी व्यापक भएको बताउँदै आवश्यक कारबाही अगाडि बढाउने मन्त्री धामीले बताए।
केही दिनअघि वनकै पदाधिकारीकै संलग्नतामामा वन फडानी भएको समाचार प्रकाशन भएको थियो।
सो वनका झण्डै एक सय जति सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चारिन गरेर तस्करी हुने गरेको बताइएको छ।