काठमाडौँ - गायक निशेष धितालले ‘हावाको लहर’ नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
उनले युट्युब पेज ‘तृप्त अफिसियल’ बाट सार्वजनिक गरेका हुन्। गीतको लेखन र गायनसँगै म्युजिक भिडियो कम्पोज पनि धितालले नै गरेका हुन्।
‘हावाको लहर’ गीतमा सोनिया श्रेष्ठ (सुशी) को पाश्र्व स्वर रहेको छ। सिजेन सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा श्रेयांश स्थापित, सुलभ स्थापित, सुमन कोइराला र सीता विष्टले अभिनय गरेका छन्।