काठमाडौँ - गायक स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ। गीतमा उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्द रहेको छ।
चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्या गीतको भिडियोमा देखाउन खोजिएको छ।
भिडियोमा गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय रहेको छ। अनुप चापागाईँले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र विकास दाहालका सम्पादन रहेको छ।