काठमाडौँ - गीतकार तारा अधिकारीको शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर रहेको छ। कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।
भिडियोमा संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीको अभिनय रहेको छ। शिव ढकालको छायांकन र नहकुल खड्काको सम्पादन रहेको भिडियोलाई गीतकार अधिकारीले नै निर्देशन गरेका छन्।