महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशिया कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×