विश्वकप फुटबलः बराबरीमा रोकिए अमेरिका र वेल्स

काठमाडौँ - फिफा विश्वकपको कतारमा जारी पछिल्लो खेलमा अमेरिका र वेल्सले १-१ गोलको बराबरीमा रोकिएका छन्। नेपाली समय अनुसार मंगलबार बिहान सम्पन्न खेलमा दुबै टोलीले अंक बाँडेका हुन्।

यो खेलको ३६औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको अमेरिका दोस्रो हाफमा भने गोल खाएको थियो। बेलले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको हार टारेका थिए।

अहमद बिन अलि मैदानमा यी २ टोलीले अंक बाँडेसँगै समूह बीका सबै टोलीले १/१ खेल पूरा गरेका छन्।

यो समुहमा इङ्ल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा रहेको छ। इङ्याण्डले सोमबारको पहिलो खेलमा इरानलाई ६-२ अन्तरले पराजित गरेको थियो। वेल्स र अमेरिकाको १/१ अंक रहँदा इरान बिना अंक पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×