भिल्लाविरुद्ध लिभरपुलको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार राति एस्टन भिल्लाविरुद्ध जित निकालेको छ। भिल्लाको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–१ को जित निकालेको हो।

लिभरपुलेको जितका लागि जोयल मटिप र साडियो मानेले समान १/१ गोल गर्न सफल भएका थिए। यता भिल्लाका डोग्लस लुइसले खेलको तेस्रो मिनेटमै गोल गरेर घरेलु टिमलाई अग्रता दिलाएका थिए।

तर मटिपले छैटौं मिनेटमै बराबरी गोल गरे। पहिलो हाफमा बराबरी भए पनि ६५औं मिनेटमा मानेले लिभरपुलका लागि विजयी गोल गरेका थिए।

यो जितसँगै लिभरपुलले ३६ खेलबाट ८६ अंक बनाएको छ। समान ८६ अंक भएको म्याचेस्टर सिटी भने लिगको शीर्षस्थानमा रहेको छ।

लिगमा सिटी र लिभरपुलबीच उपाधि पेचिलो प्रतिस्पर्धा चलिरहेको छ। त्यस्तै, गएराति पराजित एस्टन भिल्ला भने ४३ अंकका साथ ११औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×