एकदिवसीयमा इंग्ल्यान्डको विश्व कीर्तिमान योगफल

काठमाडैँ - एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको खेलमा इङ्ल्यान्डले शुक्रबार राति नेदरल्यान्ड्सलाई २३२ रनले पराजित गरेको छ।

नेदरल्यान्ड्सको आम्सटेलभीनस्थित भीआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनायाे। जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा बनेको सबैभन्दा ठूलो योगफल हो। यसअघि इङ्ल्यान्डले नै अस्ट्रेलियाविरुद्ध २०१८ जुन १९ मा ४८१ रन बनाएको थियो। 

इङ्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाएका थिए। पाहुना टोलीका फिल साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १२२ रन बनाए भने डेविड मालनले १०९ बलमा ९ चौका र ३ छक्कासहित १२५ रन बनाएका थिए। जोस बटलरले ७० बलमा ७ चौका र १४ छक्का हान्दै अविजित १६२ रन बनाए। कप्तान इयान मोर्गान शून्यमा आउट हुँदा लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित अविजित ६६ रन बनाए।

नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिए भने लोगन भान विक र शन स्नेटरले १/१ विकेट लिएका थिए।

४९९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि स्कट इडवार्ड सबैभन्दा धेरै अविजित ७२ रन बनाए। म्याक्स ओ‘डोउडले ५५ रन बनाए भने बस डी लीडले २८ रन बनाए। कप्तान पिटर सीलारले २५, टम कुपरले २३, मुसा अहमदले २१ र विक्रमाजित सिंहले १३ रन बनाएका थिए। 

इङ्ल्यान्डका मोइन अलीले ३ विकेट लिए। डेबिड विले, रीसे टोप्ले र साम कुरानले समान २ विकेट लिए। मालनले १ विकट लिए।

यससँगै इङ्ल्यान्डले ३ खेलको शृंखलामा १-० को अग्रता लिएको छ। 
 

Sunrise bank

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×