जुम्लामा घर भासिँदा आमा र दुई छोराको मृत्यु

जुम्ला - जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युतगृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति साढे २ बजे आयोजनाको विद्युतगृहको घर भासिँदा आमा र दुई छोराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्यको मृत्यु भएको हो। विद्युतगृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताए। बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भासिएको देखेका थिए। मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए।

प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीय राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×