बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ - झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन्।

मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन्। उनीहरूलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो। घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक फरार भएका छन् भने बोलेरोलाई भने नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको बोलेरोलाई अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×