विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौँ - अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नामिबियाले टिम घोषणा गरेको छ।

नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो।

टी-२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ। नामिबिया अघिल्लो संस्करणको विश्वकपमा ऐतिहासिक रुपमा सुपर १२ मा पुगेको थियो।

नामिबियाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको शुरूवात गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×