विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक भएको छ।

वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार द वे अफ वाटर’ को ट्रेलर बुधबार सार्वजनिक गरेको हो। १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको यो १ साइन्स फिक्सन फिल्म हो।

‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक कमाउने फिल्मको रुपमा रेकर्ड समेत बनाएको छ।

साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको ‘अवतार २’ फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ। फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ।

२ मिनेट 40 सेकेण्डको ट्रेलर मा फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ। यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×