भारत। भारतीय मुलकी लोकप्रिय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। हाल उनलाई मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार ९२ वर्षकी गायिकालाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना गरिएको हो। खबरका अनुसार आइसीयूमा राखेर उनको उपचार भइरहेको छ। लताकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको बताएकी छिन्।